News

दक्षिणी क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

दक्षिणी क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो
police भदौ - ३० । दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो । सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताएका छन् । “भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौँ” – उनले भने। दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उनले जानकारी दिएक छन् । सीमा क्षेत्रमा भारत नेपाल संयुक्त गस्तीको कार्यलाई समेत परिचालन गरिएको उनले उल्लेख गरे।

Nepal Police sima surakshya

विशेष