News

'प्रधानमन्त्रीको भ्रमण सफल होस्' – नेता नेपाल

'प्रधानमन्त्रीको भ्रमण सफल होस्' – नेता नेपाल
Madhav_Kumar_Nepal2 भदौ ३० । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भनेर शुभकामना व्यक्त गरेका छन् । प्रेस चौतारी मोरङद्वारा बिहिबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस भ्रमणको माध्यमबाट दुवै देशबीच आपसी विश्वासमा बढोत्तरी, विगतमा भएका सन्धि सम्झौतालाई अगाडि बढाउन र राष्ट्रिय स्वाभिमानलाई उचाइमा पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिएका हुन् । छिमेकीहरुसँग पारिस्परिक विश्वास र एकअर्काको संवेदनशीलताको नीतिलाई बुझ्ने मुलुकको नीतिरहेको चर्चा गर्दै नेता नेपालले भने – “ठूला राष्ट्रको कर्तव्य साना राष्ट्रको संवेदनशीलतालाई बुझ्ने र भावनामा चोट न पु¥याउनु हो ।” मुलुक अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सङ्कटमा नपार्नका लागि तीनवटै निर्वाचन गराउनुपर्ने, कानुन निर्माण गर्नुपर्ने र संविधानलाई कार्यान्वयन गराउनका लागि दलहरुबीच एकता आवश्यक रहेको सुझाव दिए । नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, आर्थिक विकास र सुशासनका लागि यी चार आधारभूत विषय आवश्यक रहेको जानकारी गराएका छन् । पुनःसंरचना आयोगले गाविसलाई समेटेर ल्याउन लागेको गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अवधारणा गलत भएको भन्दै नेता नेपालले भने – “सो कारणले जिल्ला कमजोर हुने र सर्वसाधारण जनतालाई सास्ती हुनेछ ।”

madhab kumar nepal

विशेष