News

उपप्रधानमन्त्री निधि कायममुकायम प्रधानमन्त्री

उपप्रधानमन्त्री निधि कायममुकायम प्रधानमन्त्री
bimalendra nidhi भदौ - ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकिएको छ । नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सोे कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधानमन्त्री निधिले दैनिक प्रशासनिक कार्य असोज २ गतेसम्म सम्हाल्ने छन्  ।  

Bimalendra Nidhi kayam mukakyam pm

विशेष