ताजा खबर राजनीति News

प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय विदेशमन्त्री स्वराज विमानस्थलमा, प्रचण्डको सुखद सुरुवात

प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय विदेशमन्त्री स्वराज विमानस्थलमा, प्रचण्डको सुखद सुरुवात

prac

भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘रिसिभ’ गर्न भारतीय विदेशमन्त्री शुष्मा स्वराज इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन् । प्रचण्ड विमान विमानस्थलमा उत्रिएलगत्तै स्वराजले उनको स्वागत गरेकी थिइन् ।

प्रचण्डको स्वागतमा भारतस्थित नेपाली दूताबासका अधिकारी पनि पुगेका थिए । स्वागतपछि प्रचण्ड भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन् । जहाँ उनका लागि बस्ने व्यवस्था मिलाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड भारत भ्रमणमा गएका हुन् ।

Prachanda Deli

विशेष