News

सामान्य प्रशासन मन्त्रालयद्वारा ५२ जना कर्मचारीहरुको सरुवा

सामान्य प्रशासन मन्त्रालयद्वारा ५२ जना कर्मचारीहरुको सरुवा
samanya-prasasan-mantralaya भदौ ३० । सामान्य प्रशासन मन्त्रालयले बुधबार ५२ जना कर्मचारीहरुको सरुवा गरेको छ । अन्तरमन्त्रालय सरुवाको माग गर्दै निवेदन परेका ३ सय निवेदनमध्ये मन्त्रालयले बुधबार ५२ जनाको निवेदन सदर गर्दै उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसरी सरुवा हुनेहरुमा २५ जना अधिकृत र २८ जना खरिदार तहका कर्मचारी छन् । २५ जना अधिकृतमध्ये १० अधिकृतलाई विभिन्न मन्त्रालयबाट तानेर गृह मन्त्रालय पठाइएको छ । बाँकी १५ जनालाई विभिन्न मन्त्रालय र त्यस अन्तरगतका निकायहरुमा सरुवा गर्ने निर्णय भएको छ । यस्तै मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत २८ जना खरिदारलाई स्थानीय विकास मन्त्रालय वा त्यस अन्तर्गतका कार्यालयमा सरुवा गरेको छ । स्थानीय विकास मन्त्रालयबाहेकका मन्त्रालयमा रहेका २ सय भन्दा बढी खरदारले गाविस सचिवको रुपमा काम गर्न चाहेको भन्दै सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिदिन निवेदन दिएका थिए । स्रोतका अनुसार उनीहरुको सरुवाको सूची तयार भइसकेको छ । तर बुधबार मन्त्रालयले भने २८ जनाको मात्र सूची सार्वजनिक गरेको छ । (सरुवा भएका कर्मचारीहरुको नामावली)  

karmachari saruwa samanya prasasan mantralaya

विशेष