राजनीति News

के गर्न भारत जाँदै हुनुहुन्छ ? सिंगडा खान ? : केपी ओली

के गर्न भारत जाँदै हुनुहुन्छ ? सिंगडा खान ? :  केपी ओली

भदौ ३० । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विना कारण प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारबाट भारत भ्रमण सुरु गरेको भन्दै आलोचना गरेका छन् । सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता नरहेको टिप्पणीे थियो । ‘भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ ? सिंगडा खान ?’ ललितपुरमा आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भने,‘ सरकार बनेको एक महिना हुँदैछ अहिले नै भारत नगई नहुने त्यस्तो के पर्यो ?’

उनले सरकार गठन लगत्तै दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा पनि आपत्ति जनाए । ‘मुलुकमा के भएको थियो र तत्कालै विशेष दूत खटाउनु पर्यो,’

नयाँ सरकार बनाउने बेलामा कांग्रेस, माओवादी र मधेसी दलहरुबीच भएको तीन बुँदे सम्झौताले घातक रहेको ओलीले टिप्पणी गरे । उक्त सम्झौता मुलुकको भौगोलिक अखण्डतामा आँच पुर्याउने, विदेशबाट आउने वित्तिकै नागरिकता दिइहाल्नुनपर्ने र राष्ट्रपतिसम्म बन्न दिनुपर्ने भन्ने मनसायमा आधारित भएकोको ओलीले आरोप लगाए ।

‘संविधान च्यात्ने जलाउनेसँग छलफल हुँदैन पहिले संविधानको सर्वोच्चता स्वीकार्नुपर्यो नी,’ उनले भने, ‘अघिल्लो संविधान सभामा नेपालको नाम झण्डा नै फेर्नुपर्छ भन्ने सक्रिय थिए । दोस्रो संविधान सभामा अलिक कमजोर भए । मुलुकलाई विखण्डन गर्न खोज्ने शक्तिहरु अहिले चलखेल गर्न खोजिरहेका छन् ।’

KP Oli

विशेष