News

५ हजार निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

५ हजार निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
nijamati भदाै - ३० । यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार ८२ हजार ४२१ निजामती कर्मचारीमध्ये ७७ हजार ५७३ कर्मचारीले कर्मचारीले सम्पत्ति विवरण बुझाएका छन् । ५२५ यस आवमा अवकाश भएका कर्मचारी पनि सम्पत्ति विवरण बुझाएका छन् । भ्रष्टाचार निवारण ऐन २०४९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनु व्यवस्थाअनुसार अनिवार्य रुपमा आव सुरु भएको ६० दिनभित्र कर्मचारीले निजामती किताब खानामा सम्पत्ति विवरण बुझाउनुपर्ने छ । गत वर्ष छ हजार ५५० निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् । निर्देशक पराजुलीले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामवली राष्ट्रिय सतर्कता केन्द्रमा पठाइने बताएका हुन् । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ । किताब खानाले साउन १ देखि भदौ २८ सम्म निजामती सेवा, संसद् सेवा र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई अनिवार्य सम्पत्ति विवरण बुझाउन भनेको थियो ।

nijamatio karmachari sampati bibaran

विशेष