पाकिस्तानमा रेल दुर्घटना, ५ काे मृत्यु
भदाै - ३० । पाकिस्तानको मध्यभागमा पर्ने पञ्जाब प्रान्तको मुल्तान जिल्लामा बिहीबार बिहान यात्रुवाहक रेल अर्को कार्गो रेलसँग एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सयभन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ ।
स्थानीय टेलिभिजन च्यानल जियोका अनुसार सो दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई सो जिल्लाको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
उद्धारकर्ताका अनुसार यात्रुवाहक रेलको डिब्बामा अझै पनि व्यक्तिहरु फसेर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । रासस÷सिन्ह्वा
Accident
Pakistan
train