News

केसीको मेची महाकाली साइकल यात्रा सुरु

केसीको मेची महाकाली साइकल यात्रा सुरु
cycle-yatra भदौ–३० । दाङ, घोराहीका रेशम केसीले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । ३९ वर्षीय केसीले नेपाली विविधता, शान्ति र एकता भन्ने नारासहित नेपालको पूर्वी सीमाना मेची पुलबाट २८ भदौदेखि मेची–महाकाली साइकल यात्रा गर्ने लक्ष्य लिएका छन् । ‘यात्राका क्रममा राष्ट्रिय एकता प्रवर्द्धन गर्नमै मेरो जोड हुनेछ ।’ उनले भने, ‘मेची नदीको पानी महाकालीमा मिसाएर राष्ट्रिय एकताको सन्देश दिन्छु । ’ मेचि र महाँकालीको पानी राष्ट्रपतिलाई हस्तान्तरण गर्ने बताइएको छ । उनले नेपालको राष्ट्रिय झण्डा र लायन्स क्लबको झण्डा लिएर यात्रा गरिरहेका छन् । साइकल यात्री केसीले आफ्नो यात्रा ९ असोजमा महाकालीमा पुगेर समापन हुने बताएका छन् ।

cycle yatra mechi mahakali

विशेष