
भदौ - ३० । चारदिने भारत भ्रमणका क्रममा दिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटवार्ता सुरु गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड अहिले दिल्लीस्थित नेपाली दूतावास रहेका छन् । उनले माओवादीसम्वद्ध अखिल भारत नेपाली एकता मञ्चको बैठक दूतावासको भवनमा राखेका छन् । बैठकमा भूमिगत कालमा भारतमा बस्दाका अनुभव प्रधानमन्त्री प्रचण्डले सुनाएको एक सहभागीले बताएका छन् ।
अब प्रधानमन्त्रीको राजनीतिक भेटवार्ता सुरु भएको छ । उनलाई त्यहाँ शरद यादव, डीपी त्रिपाठी र सीताराम येचुरीले भेट्ने कार्यक्रम छ ।
यस्तै विहारका मुख्यमन्त्री नितिश कुमारले पनि बिहिबारै साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्ने तय भएको छ ।
Bharat
pm pushpa kamal dahal prachanda
rajnitik bhetghat