News

अख्तियार प्रमुख नियुक्त कार्कीको सक्कली कागजात माग गर्दै डा केसी समर्थकद्वारा प्रदर्शन

अख्तियार प्रमुख नियुक्त कार्कीको सक्कली कागजात माग गर्दै डा केसी समर्थकद्वारा प्रदर्शन
भदौ – ३० । सोलिड्यारिटी फर डा केसी आलयन्सले अनामनगर, हनुमानथानलगायतका ठाउँमा प्रदर्शन गरेको छ । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तीको सक्कली कागजात सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा केसिका समर्थक र विद्यार्थीको उपस्थिती रहेको थियो । lokman_singh_karki_on_Europe_tour3430 प्रमुख आयुक्त कार्कीको नियुक्तको कागजात भूकम्पका कारण हराएको भन्दै नेपाल सरकारले सर्वोच्च अदालतलाई पत्र पठाए थियो । त्यसैको विरोधमा बिहीबार अलायन्सले विरोध गरेको हो । अलयान्सले २४ घन्टाभीत्र सम्बन्धित सक्कल फाइल सार्वजनिक गर्न माग गरेको छ । कागजात सर्वाजनिक गर्न नसके जिम्मेवार सरकारी अधिकारीलाई पनि कारवाही गर्नुपर्ने र प्रमुख आयुक्त कार्कीलाई पनि पदमुक्त गर्नुपर्ने माग पनि राखेको छ । कार्कीको नियुक्ती गैरकानूनी रहेको भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट हालेको थिए । सोही रिट माथी पुनारवलोकनको सुनवाई अगाडि बढाउनु पर्ने वा नपर्ने विषयमा अध्ययन गर्नका लागि सर्वोच्चले नियुक्तीको सक्कल कागजात मागेको थियो ।

Dr Gobind KC Lokman Sing Kriki

विशेष