प्रवास News

भूकम्पपीडितलाई भाकपा(मा)बाट रु ८ करोड सहयोग

भूकम्पपीडितलाई भाकपा(मा)बाट रु ८ करोड सहयोग
dilli भदाै - ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)ले रु आठ करोड ४५ लाख रकम सहयोग गरेको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग बिहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेपाली जनताको पीडामा भाकपा(मा)का तर्फबाट उपलब्ध गराइएको सहयोगप्रति प्रधानमन्त्रीले आभार प्रकट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र महासचिव यचुरीबीच दुई देश र दुई पार्टीको सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डिपी त्रिपाठीबीच पनि आजै भेटवार्ता भएको छ । सो अवसरमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन भएपछि सरकारले सुरु गरेका काम कारबाही एवम् आपसी हित र चासोका बारेमा समेत कुराकानी भएको थियो ।

bhukampa pidit lai sahayog pm pushpa kamal dahal prachanda

विशेष