विदेश

जापानको 'डेमोक्र्याटिक पार्टी'को नेतामा पहिलो पटक महिला निर्वाचित

जापानको 'डेमोक्र्याटिक पार्टी'को नेतामा पहिलो पटक महिला निर्वाचित
renho भदाै - ३० । जापानको सबैभन्दा ठूलो प्रतिपक्षी दल “डेमोक्र्याटिक पार्टी”को नेतामा पहिलो पटक महिला निर्वाचित भएकी छिन् । टेलिभिजनकी पूर्वसमाचार प्रस्तोतासमेत रहेकी ४८ वर्षीय रेन्हो ठुलो मतअन्तरले विजयी भएकी हुन् । पार्टीको कार्यकारी अध्यक्षका लागि भएको निर्वाचनमा कुल ८४९ मतमध्ये उनले ५०३ मत पाएकी थिइन् । उनका अरु दुई प्रतिश्पर्धीमध्ये पूर्वविदेशमन्त्री सेइजी मइहारा र तल्लो सदनका सभासद् युइचीरो तमाकीले क्रमशः २३० र ११६ मत पाएका थिए । पूर्वमोडल र टिभी समाचारप्रस्तोता रेन्हो सन् २००४ मा माथिल्लो सदनमा टोकियोबाट सभासद् थिइन् । आफ्नै पार्टी सरकारमा रहेका बेला सन् २००९ देखि २०१२ सम्म प्रशासन पुनःसंरचना मन्त्री बनेकी थिइन् । उनको कार्यकाल २०१९ सम्म रहने छ । रासस÷सिन्ह्वा

democrtic party Japan renho

विशेष