News

राष्ट्रपति भण्डारीद्वारा ‘जीवित देवी’कुमारीको दर्शन

राष्ट्रपति भण्डारीद्वारा  ‘जीवित देवी’कुमारीको दर्शन
mahila-sang भदाै - ३० । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा बिहीबार  वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गरेकी छिन् । वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका साथै मुख्य पण्डितबाट प्रसाद ग्रहण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन समेत गरिन् । उनले स्थानीय नेवारी झाँकी, पहिरन र नृत्य प्रस्तुत अवलोकन गरेकी हुन् । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

bidhya bhandari kumari puja

विशेष