फ्रि भिसा, फ्रि टिकट प्रभावकारी बनाउन दवाव र्याली
भदौ – ३० । सुनसरीमा फ्रि भिसा, फ्रि टिकट प्रभावकारी कार्यन्वयनको लागि दवाब र्याली निकालिएको छ ।
र्याली आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सुनसरीले निकालेको हो । सरकारले २०७२ साल असार २१ गतेबाट लागु गरेको फ्रि भिसा, फ्रि टिकट निर्णयबाट पछि नहट्न दवाव सिर्जना गर्न यसो गरेको बताइएको छ ।
र्याली पछि केन्द्रले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
यो निर्णय प्रभावकारी कार्यान्वयन नभए अझै शसक्त आन्दोलन गर्ने केन्द्रका अध्यक्ष क्षितिज पौड्यालले बताएका छन् ।
र्यालीमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा वैदेशिक रोजगारीमा रहेका परिवारको सहभागिता रहेको थियो ।
free visa