News

इन्जिनियर्स एसोसिएसनको चुनाव शुक्रबार

इन्जिनियर्स एसोसिएसनको चुनाव शुक्रबार
भदौ – ३० । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव शुक्रबारदेखि काठमाडौँमा हुन लागेको छ । acecc-nepal-logo देशभरका इन्जिनियरको छाता सङ्गठनका रुपमा रहेको एसोसिएसनको ३१ औँ चुनावमा १२ हजार १३५ मतदाता छन् । एसोसिएसनमा करिब २० हजार इन्जिनियर्स दर्ता छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा १० केन्द्रीय सदस्यका लागि हुने चुनावमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक, नेकपा (एमाले) निकट प्रगतिशील पेसागत, नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय इन्जिनियरिङ समूह र नेमकिपा निकट इन्जिनियरिङ समाज नेपाल आआफ्ना समूह बनाएर निर्वाचनमा होमिँदैछन् भने कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई स्वतन्त्र रुपमा युनाइटेड इन्जिनियर्स समूह पनि चुनावमा लड्दैछ । चुनावलाई निष्पक्ष बनाउन विद्युतीय माध्यमबाट चुनाव गराउनुपर्ने माग सो समूहले गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा युनाइटेड इन्जिनियर्स समूहका अध्यक्षका उम्मेदवार डा लक्ष्मीप्रसाद देवकोटाले प्रविधिको विकाससँगै विद्युतीय माध्यमबाट निर्वाचन गरिए धाँधलीरहित तथा निष्पक्ष हुने बताए । उनले करिब दुई हजार मतदाताका परिचयपत्र एसोसिएसनबाट हराएको जानकारी दिँदै यस्तो अवस्थामा निष्पक्ष चुनाव गर्न नागरिकताको प्रयोग गर्नुपर्ने माग गरे । महासचिव पदका उम्मेदवार डा शङ्कर ढकालले नेपालका इन्जिनियर्सभित्र रहेको ठूलो विवाद अहिलेको पुस्ताले अन्त्य गर्नुपर्ने बताए । रासस

Engineer Association Election

विशेष