News

मोबाइल एपले पैसा तिरेर फोहोर लाने

मोबाइल एपले पैसा तिरेर फोहोर लाने
भदौ–३० । तपाईँको घरमा कागज, प्लाष्टिक, फलामलगायतका काम नलाग्ने सामाग्रीहरु थुप्रिएका छन् तर कतै व्यवस्थापन गर्न पाउनु भएको छैन ? अब चिन्ता लिनु पर्दैन तपाईँलाई मूल्य तिरेर यी फोहोर को व्यवस्थापन हुनेछ । kabadi तपाईँले कागज, प्लाष्टिक, फलामलगायतका सामाग्रीहरु एप्सको मार्फतबाट बिक्री गर्न सक्नु हुने छ । एप्समा तपाईंले फोहोरको तौल र त्यसको प्रकारसमेत छुट्याएर जानकारी दिने बित्तिकै तपाईंले त्यस बापत पाउने रकमबारे पनि थाहा पाउनु हुनेछ । ब्लु बेस्ट संस्था अन्तर्गतको ब्लु टेक्नोलोजीले राजधानीलगायत मुलुकका प्रमुख सहरलाई लक्षित गरी फोहोर व्यवस्थापनका लागि मोबाइल एप्स ल्याउँदै छ । 'Kabaddi at your door step' नामक एप्समार्फत तपाईंले आफ्नो घरबाट निस्केको फोहोर सहज रुपमा बिक्री गर्न सक्नु हुने छ । यो एप्सले तपाईंको घर नजिकैको कवाडी डिलरबारे जानकारी दिने छ । उक्त जानकारी अनुसार नजिकैको कवाडी डिलर छनोट गरी तपाईंले आफ्नो घरबाट निस्केको फोहोरबारे उल्लेख गरेर जानकारी पठाएपछि तपाईंकै घरमा फोहोर लिन मान्छे आइपुग्ने छन् । एप्समार्फत तपाईंले फोहोरबारे जानकारी गराएको २४ घण्टा भित्र तपाईंको घरमा फोहोर संकलन गर्न नजिकैको कवाडी डिलरबाट मान्छे आइपुग्ने छन् । फोहोरबारे जानकारी दिनेक्रममा तपाईंले आफ्नो सम्पर्क नम्बर पनि राख्नु पर्नेछ । जसले फोहोर लिन आउने मान्छेलाई तपाईंको घरसम्म पुग्न मद्दत गर्ने छ । यो एप्सलाई समिर श्रेष्ठ, अनिल श्रेष्ठ र सुरज जैसवालको युवा समूहले तयार गरेको हो । एप्स निर्माणको सम्पूर्ण तयारी पूरा भएको र केही प्राविधिक तयारी पूरा गरी अबको एक महिना भित्रमा सार्वजनिक गर्ने योजना रहेको बताइएको छ ।

विशेष