ताजा खबर प्रवास रोजगार News

अब नेपालमै विदेशी सिमकार्ड

अब नेपालमै विदेशी सिमकार्ड

etisalat भदौ ३१ । कामका लागि विदेश जाँदै हुनहुन्छ ? हो भने अब पुग्ने बित्तिकै परिवासँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर एरपोर्टबाटै फोन गर्न सक्नु हुन्छ । त्यो पनि आफ्नै मोबाइलबाट

श्रम स्वीकिृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ । अरु कम्पनिले पनि चाडै सेवा नै सुरु गर्देछन् । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् । नेपालमा विदेशी सिमकार्ड ल्याएर विक्रि गर्न ७ कम्पनीले अनुमति पाएका छन् ।

नेपाल दुरसंचार प्राधिकरणका प्रवत्ता मीनप्रसाद अर्यालले भने तर सबैले सेवा सुरुगरेका छैनन् । यसरी अनुमति पाएकहरुमा हाइल्याण्ड इन्टरनेसनल, सीएम ट्रेडिङ इन्टरप्राइजेज, ओरेन्ज इन्टरनेसनल, टेलि कनेक्ट, सिद्धि विनायक इन्टरप्राइजेज, सीजी नेटक्लाउड र हाइलाइट्स नेपाल प्राली रहेका छन् । कान्तिपुर

Bideshi Sim Card

विशेष