अपराध सुरक्षा News

करणी आरोपमा २ पक्राउ

करणी आरोपमा २ पक्राउ

भदौ ३१ । जबर्जस्ती करणी गरको आरोपमा मकवानपुर र रौतहटमा गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमा सुतिहरेकी महिलालाई जबर्जस्ती गरेको आरोपमा छतिवन ३ का अमरबहादुर घिसिङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

घिसिङले घरभित्र छिरेर महिलालाई बलत्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छन् । त्यस्तै रौतहटमा एक नावालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले लक्ष्मिनियाका भरत महतलाई पक्राउ गरेको छ ।

उनले ८ वर्षकी बालिकालाई जबर्जस्ती गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनीहरु दुबैलाई प्रहरीले जबर्जस्ती करणी ऐन अन्र्तगत मुद्दा दर्ता गरेको छ ।

Rape

विशेष