ताजा खबर प्रवास रोजगार News

गोर्खा सैनिकले बेलायती बराबर पेन्सन नपाउने

गोर्खा सैनिकले बेलायती बराबर पेन्सन नपाउने

भदौ ३१ । युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकललाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ । फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनमा बेलायत सरकारले भदभाव नगरेको निर्णय गर्दै समान पेन्सको दाबी खारेज गरिदिएको छ ।

 

अदालतले युरोपेली मानवअधिकारसम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरुप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव गरिएको भन्ने कुनै आधार फेला नपारको दाबी गरेको छ । धारा १४ मा धर्म, वर्ण, लिंग वा अन्य कुनै पनि आधारमा संघका सदस्य मुलुकले भेदभाव गर्न नपाउने उल्लेख छ । करिब पाँच वर्षअघि भूतपूर्व गोर्खा सैनिकहरुको एक संगठनले युरोपेली मानवअधिकार अदालतमा मुद्दा दायर गरेका थिए । अन्नपूर्णपोष्ट

Gurkha Resiment Nepali Sena

विशेष