News

‘सर्वोच्च अदालत प्रतिशोधका आधारमा चल्न थाल्यो’

‘सर्वोच्च अदालत प्रतिशोधका आधारमा चल्न थाल्यो’

suprime-court

भदौ ३१ । सर्वोच्च अदालतले आफै खारेज गरेका जनहित याचिकामाथि पुनरावलोकन शुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविदहरुको भनाइ छ । एकपटक खारेज भएको याचिकामाथि फेरि आदेश दिने परम्परा यसअघि नेपालमा र विश्वमा समेत अभ्यास नभएको कानुनविदहरुले बताएका छन् ।

अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तको विषयलाई लिएर परेको रिट निवेदनमा उठाइएको विषयहरु सान्दर्भिक नभएको भन्दै सर्वोच्चले ८ असोज २०७१ मा रिट खारेज गरेको थियो । तर, फेरि त्यही विषयमा रिट निवेदन दर्ता भएर अदालती प्रक्रिया शुरु भएकोमा कानुविदहरुले आश्चर्य व्यक्त गरेका छन ।

अदालती प्रक्रिया कानुन र अभ्यासका आधारमा चल्छ कि प्रतिशोधका आधारमा भन्ने प्रश्न अहिले उब्जिएको एक कानुन व्यवसायीले बताए । –नयाँ पत्रिकाबाट

विशेष