ताजा खबर राजनीति News

प्रधानमन्त्रीको आजको कार्यक्रम, राष्ट्रपति प्रणव मुखर्जी भेट देखि राजघाट श्रद्धान्जलि सम्म

प्रधानमन्त्रीको आजको कार्यक्रम, राष्ट्रपति प्रणव मुखर्जी भेट देखि राजघाट श्रद्धान्जलि सम्म

dilli

भदौ ३१ । चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर समकक्षी नरेन्द्र मोदीसँग महत्वपूर्ण भेटवार्ता गर्देछन् । आज भेटघाट एवम् द्विपक्षीय वार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता हुने पनि कार्यक्रम रहेको छ । भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्वपूर्ण भेटघाटका क्रममा दुई देश बीचको हितका विषयमा कुराकानी हुनेछ ।

प्रधानमन्त्रीको कार्यतालिकाअनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता हुनेछ ।

PM India Visist

विशेष