अपराध सुरक्षा ताजा खबर News

१८ महिला अझै बेपत्ता

१८ महिला अझै बेपत्ता

puja-bohara भदौ ३० । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् ।

त्यस्तै, आव २०७२/७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन् । आव २०७१/०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन् । लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले बताए ।

भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताए ।

Mahila Bepatta Maiti Nepal

विशेष