News स्वास्थ्य

डा केसीद्वारा ३ सय भन्दाबढी बिरामीकाे उपचार

डा केसीद्वारा ३ सय भन्दाबढी बिरामीकाे उपचार
gobinda kc भदाै - ३१ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका थिए । शिविर सम्पन्नपछि उनी बिहानै बसबाट काठमाडौँ फर्किएका स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताएका हुन् । अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।” शिविरको पहिलो दिनमै उनले करिब सय बिरामीको उपचार गर्नुभएको थियो भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो । डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो ।

Dr. Gobinda Kc rolpa

विशेष