खेल News

कुचाे बाेकेर रङ्गशालाको सरसफाइ गर्न खेलकुदमन्त्री श्रीपाइली अाफैँ गए

कुचाे बाेकेर रङ्गशालाको सरसफाइ गर्न खेलकुदमन्त्री श्रीपाइली अाफैँ गए
mantri भदाै - ३१ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सरसफाइ भएको छ । नेकपा (माओवादी केन्द्र)का भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिट तर्फ पलाएका सबै झार नष्ट गरियो । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन् । उनले भने “भूकम्पपछिको पुनःनिर्माणका लागि साङ्केतिक रुपमा सन्देश दिन पनि हामीले सरसफाई गरेका हौं ।” कार्यक्रममा मन्त्री श्रीपाइली आफैँ मेसिन चलाएर झार काट्नुभएको थियो भने उहाँले शौचालयसमेत सफा गरिएको बताइएको छ । सरसफाइले रङ्गशालाको पूरै स्वरुप फेरिएको बताइएको छ । करिब दुई वर्षयता रङ्गशाला पुनःनिर्माणको क्रममा छ । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट रङ्गशालामा क्षति पुगेपछि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् । अखिल नेपाल खेलकुद महासङ्घले पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । mantri-shreepaili

daljit shrepaili dasarath rangasala

विशेष