News

नेपालको संविधानमा भारतको असन्तुष्टि अहिले पनि उस्तै !

नेपालको संविधानमा भारतको असन्तुष्टि अहिले पनि उस्तै !

pm-modi-vs-prachanda

भदौ ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संबिधान असन्तुष्ट पक्षहरुको आवाज समेटेपछि मात्रै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संयुक्त सम्बोधनका क्रममा मोदीले भने, ‘नेपाल आफ्नो संविधान कार्यान्वयनमा सफल हुने विश्वास लिएको छु ।

संविधानसँग असन्तुष्ट विभिन्न समुदायसँग सघन सम्वादपछि नेपालको संविधान सर्वस्वीकार्य हुनेछ ।’

भारतीय प्रधानमन्त्री मोदीले नयाँ संविधानमा मधेसीको असन्तुष्टिको कुरा गरेनन् । तर उनले नेपालको संविधान अन्य समुदायको भावना समेटिनु पर्नेमा जोड दिए ।

मोदीको यो आसय शुरुदेखि नै रहेको छ । सार्क शिखर सम्मेलनका बेला नेपाल आउँदा सर्वसम्मत संविधान निर्माण गर्न आग्रह गरेका मोदीले त्यसयता पनि सर्वस्वीकार्यको रटान छाडेका छैनन् । भारतीय प्रधानमन्त्रीको यो आशयको अर्थ भारतको नीति नेपालको संविधानको मामिलामा उस्तै छ भन्ने हो ।

India Narendra modi Prachanda puspa kamal dahal prachanda

विशेष