News

सङ्गीतकार फुर्वा योञ्जनको उपचारका लागि आर्थिक अभाव, सहयाेगकाे अपिल

सङ्गीतकार फुर्वा योञ्जनको उपचारका लागि आर्थिक अभाव, सहयाेगकाे अपिल
paisa भदाै - ३१ । नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका सङ्गीतकार फुर्वा योञ्जनको उपचारका लागि आर्थिक अभाव भएको छ । उच्च रक्तचाप, युरिक एसिट र मधुमेह रोगबाट पीडित ५७ वर्षीय योञ्जनको फोक्सोमा पानी जमेपछि उपचारका लागि आर्थिक समस्या भएको हो । हाल उनलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका सङ्गीतकार योञ्जन विसं २०३८ देखि सङ्गीत साधनामा लागिरहेका छन् । हार्मोनियम, तबला, भायलन, म्यान्डोलियम लगायत बिद्यामा कुशल योञ्जनको उपचारमा सहयोग जुटाउन गरामनी उच्च माविका प्राचार्य कृष्णप्रसाद पाठक, शिक्षासेवी खिलप्रसाद शिवाकोटी, भीष्म उप्रेती, काजी बुढाथोकी र भीष्म न्यौपानेलगायतले आर्थिक सङ्कलन सुरु गर्न थालेका छन् । योञ्जनका उपचारमा सहयोग गरिदिन उनीहरुले सरकारी तथा गैरसरकारी सङ्घ संस्था, बुद्धिजिवी, उद्योगी व्यवसायी लगायत सबैमा आग्रह गरेका । विर्तामोडस्थित जात्रुबारी भन्ने स्थानमा डेरा गरी बस्ने योञ्जन विकास चौधरी, नारायण सुवेदी र कमला सुवेदी सापकोटा लगायतका सङ्गीतकर्मीका गुरु समेत हुनुहुन्छ ।

phurba yonjon shayogko apil

विशेष