News

लोकमानसिंह कार्कीको फाइल नपठाए कारबाही गर्ने सर्वोच्च अदालतको चेतावनी

लोकमानसिंह कार्कीको फाइल नपठाए कारबाही गर्ने सर्वोच्च अदालतको चेतावनी
Sarboccha-Adalat भदौ ३१ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिको विषयमा यसअघि गरेको फैसलाको पुनरावलोकन गर्ने भएको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलाशले यसअघिको फैसलाको पुनरावलोकन माग गरी अधिवक्ता ओमप्रकाश मिश्रले दर्ता गरेको निवेदनमा ’निस्सा हुने’ आदेश दिएको हो । यो आदेशसँगै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलाशमा गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले अख्तियार प्रमुखको नियुक्तिलाई जायज ठर्हयाइ रिट खारेज गर्ने फैसलाको न्यायिक पुनरावलोकन हुने भएको छ । निस्सा हुने आदेशसँगै सर्वोच्च अदालतले फाइल हराएको केशमा पनि गम्भीर चासो व्यक्त गरेको छ । अब पनि फाइल नपठाए कारबाही गर्ने चेतावनी दिएको छ । ’माग गरेको कागजातमा फाइल सम्बन्धित निकायबाट समयमा नै अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैरजिम्मेवारीपूर्वक जवाफ पठाएको देखियो,’ आदेमा भनिएको छ, ’७ दिनभित्र कागजात नपठाए न्याय प्रशासन ऐन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित निकायलाई पठाउने ।’

Adalat lomansingh karki

विशेष