शिक्षकको मनोबल बढाउने उद्देश्यले ‘नेपाल शिक्षक पुरस्कार’ प्रदान गरिने
भदाै - ३१ । शिक्षकको मनोबल बढाउने उद्देश्यले ‘नेपाल शिक्षक पुरस्कार’ प्रदान गरिने भएको छ । चिल्ड्रेन नेपाल संस्थाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरका गरी सातदेखि १० जना प्रस्तुतिमा उत्कृष्ट ठहर भएका शिक्षकलाई पुरस्कार प्रदान गर्ने बताइएको छ ।
छनोटमा परेका प्रत्येक शिक्षकले रु ५५ हजार ५५५ पाउने छन् । नेपाल शिक्षक पुरस्कारमा छनोट भएका शिक्षक ‘विश्वव्यापी शिक्षक पुरस्कार’ मा पनि सहभागी हुन पाउने छन् ।
कार्यरत शिक्षक आफैँले मनोनयनका लागि इमेल, पोस्ट बक्स, फोन लगायत माध्यमबाट दर्ता गराउन पाउने चिल्ड्रेन नेपालका देशीय निर्देशक छिरिङ लामाले बताए । उनले, “यो शिक्षक सही छ भन्ने लाग्दा अरु व्यक्तिले पनि सिफारिस गर्न सक्नेछन् ।” सिफारिस भएका वा मनोनयन गरेका शिक्षकका बारेमा समुदाय र अभिभावकसँग बुझेर मात्रै निर्णय हुनेछ ।
पुरस्कार छनोटका लागि प्राध्यापक, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतको निर्णायकमण्डल रहने छ । भार्काे फाउन्डेसनले स्थापना गरेको ‘विश्वव्यापी शिक्षक पुरस्कार’ को राशि १० लाख अमेरिकी डलर छ । शिक्षा विभागका पूर्वसहसचिव महाश्रम शर्माले शिक्षक राम्रो नभई शिक्षा राम्रो नहुने बताए ।
purskar