विदेश

युवतीलाई जिस्काउँदा ४ जनाकोे ज्यान गयो

युवतीलाई जिस्काउँदा ४ जनाकोे ज्यान गयो
india भदौ–३१ । भारतको उत्तरप्रदेशमा एक युवतीलाई जिस्क्याएको आरोपमा फैलिएको हिंसापछि गोली चल्दा चारजनाको ज्यान गएको छ । युवती जिस्क्याइएको घटनापछि गोली हानाहान हुने क्रममा कम्तिमा १० जना घाइते भएका छन् । घटनापछि राजर्माग ११९ मा शव राखेर स्थानीयले प्रदर्शन पनि गरेका थिए । यो घटना बिजनौरको शहर कोतवाली इलाकामा भएको हो । एक युवती स्कुल गइरहेका बेला केही युवाले उनलाई जिस्क्याएका थिए । युवतीले आफूलाई जिस्क्याउने युवाहरुको व्यवहारको प्रतिरोध गरेपछि विवाद सुरु भयो  । युवाहरुको समूह घरेलु हतियार, पेस्तोल र लाठीसहित युवतीको घरमा पुग्यो । त्यहाँ पुगेका उनीहरुले हिंसा मच्चाउँदै गोली पनि चलाए । गोली हानिएपछि युवतीको पक्षबाट पनि जवाफमा गोली चलाइयो । यो इलाकामा तनाव बढेपछि ठूलो संख्यामा पुलिस खटाइएको छ ।

Bharat Death

विशेष