News

अख्तियारद्वारा नक्कली शैक्षिक योग्यता पेस गर्ने मेडिकल अधिकृत झाविरुद्ध आरोपपत्र दायर

अख्तियारद्वारा नक्कली शैक्षिक योग्यता पेस गर्ने मेडिकल अधिकृत झाविरुद्ध आरोपपत्र दायर
akhtiyar भदाै  - ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने मेडिकल अधिकृत सन्तोषकुमार झाविरुद्ध आरोपपत्र दायर गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत मेडिकल अधिकृत झाले आइ एस्सी तहको झूठा शैक्षिक योग्यताको प्रमाणपत्र खडा गरी चिकित्साशास्त्र अध्ययन गरेको उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो । निज झाले नियुक्ति एवम् मेडिकल अधिकृत पदमा बहाल हुन पेस गरेको शैक्षिक योग्यता प्रमाणपत्र झूठा देखिएको हुँदा आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

adhikrit akhtiyar durupayog anusandan aayog

विशेष