भारतीय प्रधानमन्त्री मोदीको जंगली च्याउ प्रेम
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो उमेसम्म पनि स्वस्थ र क्रियाशील हुनुको रहस्य बाहिर आएको छ । ६७ वर्षको उमेरमा पनि उनले १७ देखी १८ घण्टासम्म काम गर्ने गर्दछन् । तर मोदी यति धेरै काम गरेर पनि सधै फे्रस र स्वस्थ रहन्छन् । आखिरमा मोदी स्वस्थ र तन्दुरुस्त रहनुको कारण के छ त ।
मोदी सधै च्याउ खाने गर्दछन् । यो च्याउ भारतको हिमाचल प्रदेशमा मात्र पाइने गर्दछ । र यो च्याउ खास किसिमको रहेको छ । यस च्याउको वैज्ञानिक नाम माकरुला एक्स्यूलेटा रहेको छ । यो च्याउ खाएपछि शरीरमा ताकत जोश मात्र नभएर जवान महसुस गराउने गर्दछ । तर यो च्याउ धेरै महँगो रहेको छ । यो च्याउको प्रति केजी २५ देखि ३० हजारसम्म पर्ने गर्दछ ।
मोदीले गुजरातको मुुख्यमन्त्री बनेको समयमा पत्रकारहरुसामु आफू स्वस्थ तन्दुरुस्त रहनुको कारण च्याउको सेवन बताएका थिए । उनले भनेका थिए,‘मेरो शरीर स्वस्थ हुनुको रहस्य हिमाचल प्रदेशको च्याउ हो ।’
मोेदी भारतको प्रधानमन्त्री हुनुभन्दा पहिले भारतीय जनता पार्टीको तर्फबाट हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीको रुपमा कार्यरत थिए । त्यही समय देखि मोदीले यस च्याउको सेवन गर्दै आएका थिए । भारतको हिमाञ्चल प्रदेशमा पाइने यस च्याउको माग अन्य राष्ट्रले पनि गरिरहेका छन् । हिमाञ्चल प्रदेशको जनताको रोजी रोटीको मुख्य स्रोत यही च्याउ रहेको छ । यो जङ्गली च्याउ भएकाले आफै उम्रने गर्दछ ।