विदेश

देहरादुनको जौलीग्राट एयरपोर्टलाई बमले उडाउने धम्की

देहरादुनको जौलीग्राट एयरपोर्टलाई बमले उडाउने धम्की
airport असोज -०१ । राजधानी देहरादून स्थित जौलीग्रांट एयरपोर्टलाई बमले उडाउने धम्की आएपछि सुरक्षा परिषद्ले सुरक्षा सतर्क अपनाएको छ । यहाँ सर्तकताका साथै अतिरिक्त सुरक्षा समेत बढाइएको छ । इटेलिजेस ब्यूरोबाट आएको सूचना अनुसार आंतकबादीले देहरादुन स्थित जोलीग्राम एयरपोर्टलाई बमले उडाउने धम्की दिइ रहेको छ । पुलिसले विभिन्न स्थानमा गस्ती खटाएको छ । यसका साथै एलआइयूको पनि सक्रियता बढाइएको छ । यो भन्दा पहिले आठ सेप्टेम्बरमा नोएडाको कुनै पनि कल सेन्टरमा फोनबाट उत्तराखण्डको केदारखण्ड र बदरीनाथ धामलाई उडाउने धम्की दिएपछि उत्तराखण्डले सचेत सूचना जानकारी गराएको थियो । दुबै जनपद प्रशासनलाई विशेष सतर्कता बस्नको लागि निर्देशन दिएकोे थियो ।

Airport

विशेष