News

प्रधानमन्त्री दाहाललाई मोदीले दिए पुस्तक उपहार

प्रधानमन्त्री दाहाललाई मोदीले दिए पुस्तक उपहार
prachandaअसोज–१ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट एक पुस्तक उपहारस्वरुप पाएका छन् । काठमाडौंस्थित भारतीय दूतावासमा इकोनोमिक काउन्सिलरका रूपमा काम गरेका जावेद असरफले लेखेको ‘अ डे इन द लाइफ अफ काठमाडौं’ नामक पुस्तक उपहार दिएका हुन् । उनले लगातार काठमाडौं भ्रमण गर्दा १० वर्ष अवधिका तस्बिरहरू लिएर पुस्तकमा समावेश गरेका छन् । मोदीले यो पुस्तक भूकम्पपीडितहरूलाई समर्पण गरेको समेत बताए । असरफ सन् २००४ देखि २००६ सम्म काठमाडौं बसेका थिए । मोदीको कार्यालयमा सहसचिवका रूपमा काम गरेका असरफ अहिले सिंगापुरको हाइकमिसनमा छन् ।

birthday of modi modi Nepal India Relationship Prachanda

विशेष