News

अर्काकी श्रीमतीसँग अबैध सम्बन्ध राखेकाे अाह्राेपमा १ युवककाे गोली हानी हत्या

अर्काकी श्रीमतीसँग अबैध सम्बन्ध राखेकाे अाह्राेपमा १ युवककाे गोली हानी हत्या
death-mainअसोज - ०१ । धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न भएकाेले एक युवालाई गोली हानी हत्या गरिएको छ । डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका धनकुटा नगरपालिका–१४ बेलहराका वर्ष २६ का प्रेम भण्डारीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हत्या गर्ने व्यक्ति भने खड्गबहादुर गुरुङ रहेका छन् । आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन् । गुरुङले हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालेका थिए । भण्डारीको शवलाई खोल्सीमा प्रहरी फेला पारेको हो । हत्यामा संलग्न गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको क्रममा हाल मलेसियामा रहेका कान्छा छोराकी श्रीमतीसँग भण्डारीले खुल्ला चौरमा यौन क्रियाकलाप देखेर रिस थाम्न नसरी घरमा रहेको बन्दुक ल्याएर गोली हानेको गुरुङले प्रहरीलाई बयान दिएको धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले बताए ।

Dhankuta hatya

विशेष