News समाज

विद्युत् चोरी गर्ने २८ जना पक्राउ

विद्युत् चोरी गर्ने २८ जना पक्राउ
  असाेज - ०१ । नेपाल विद्युत् प्राधिकरण राजविराजले ‘हुकिङ’ गरी विद्युत् चोरी गर्ने २८ जनालाई पक्राउ गरेको छ । bidhut-chor नेपाल विद्युत् प्राधिकरण राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाका पूर्वी र दक्षिणी भेकका विभिन्न गाविसमा अनुगमनगर्दा बिजुलीको खम्बाबाट ‘हुकिङ’ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई विद्युत ऐनअन्तर्गत कारबाही गरिने प्राधिकरण राजविराजका प्रमुख रामउद्गार साहले बताएका छन् । टोलीले जिल्लाको बैरवा, बरमझिया, बदगामा मैनाकडेरीलगायत स्थानमा अनुगमन गरेको थियो । जिल्लामा व्यापक विद्युत् चुहावट भइरहेको गुनासो आएपछि संयुक्त अनुगमन गरिएको प्राधिकरणले जनाएको छ ।

bidhut chori garne pakrau Saptari

विशेष