News

‘मदारीले बाँदर नचाए जस्तो विदेशीले नचाउन खोजेको छ ।' - अध्यक्ष ओली

‘मदारीले बाँदर नचाए जस्तो विदेशीले नचाउन खोजेको छ ।' - अध्यक्ष ओली
असोज - ०१ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संसदलाई विदेशीले आफ्नो इशारामा नचाउन खोजेको बताए । अन्य दलहरु इसारामा नाचे पनि आफ्नो दलले सफल हुन नदिने ओलीले बताए । kp-sharma-oli-nepalaaja शनिबार मोतिदेवी स्मृति केन्द्रले बनाएको जेष्ठ नागरिक आवास भवनको भीमढुंगामा शुभारम्भ गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘मदारीले बाँदर नचाए जस्तो विदेशीले नचाउन खोजेको छ । यो सरकार मेड इन समह्वेयर, एसेम्बल्ड इन नेपाल जस्तै हो । ’ चार जना व्यक्तिले भनेका भरमा विदेशीको एजेण्डा अनुसार संविधान संशोधन नहुने ओलीले बताए । चार जना मधेसी व्यक्तिको इच्छालाई मधेसीको इच्छा भन्न नमिल्ने पनि ओलीले प्रष्ट पारे । देशको सिमानाबारे विदेशीले बोल्न नमिल्ने समेत उनको भनाइ रहेको थियो । मोति देवी स्मृति केन्द्रले निर्माण गरेको जेष्ठ नागरिक आवास केन्द्रमा वाम तथा लोकतान्त्रिक आन्दोलनमा लागेर बुढेशकालमा सहारा नपाएका योद्धाहरुलाई राखिने एमाले काठमाडौं जिल्ला सह इन्चार्ज सुरेन्द्र मानन्धरले बताए ।

bhimdhunga KP Oli

विशेष