News

सप्तकोशी नदीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

सप्तकोशी नदीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार
असोज – १ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको डुंगा सप्तकोशी नदीमा पल्टिएको छ । डुंगामा सवार ३७ जनाको सकुशल उद्धार गरिएको छ । डुंगामा करिव ४५ जना यात्रु बोक्ने क्षमता भएपनि ६० यात्रु रहेको बताइएको छ । Koshi शनिबारको दिन प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् । श्रीलंका टापुबाट हाट भर्न आएका यात्रुहरु चढेको डुंगा राजावासा आइपुगेपछि भंगालोमा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले भंगालो पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने नेपाल प्रहरीले जानकारी दिएको छ । डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन भइ सकेको छैन । डुंगामा करिब ६० यात्रु सवार रहेको र उनीहरु बेपत्ताहरुको खोजी कार्य जारी छ । अहिले ७ वटा डुंगाले खोजी गरिरहेका छन् । खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, स्थानीय खटिएका छन् । मुसलधारे पानीका कारण खोजी कार्य प्रभावित बनेको छ । डुंगा शनिबार मध्यान्ह करिव १२ः३० बजे कोशीमा पल्टिएको थियो ।

Koshi Sapta Koshi

विशेष