News

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिका जाँदै

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिका जाँदै

असोज – १ । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज (शनिबार) संयुक्त राज्य अमेरिका प्रस्तान गर्दै छन् ।  

अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो । उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति डा यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको जानकारी दिए । पूर्वराष्ट्रपति डा यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा यही असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ ।

उनले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाए। पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत धन्यवाद ज्ञापन गरे। रासस

Rambaran Yadav rambaran yadav bare cancer specialist

विशेष