News

अस्थायी शिक्षकलाई व्यवस्थापन प्रक्रिया सुरु

अस्थायी शिक्षकलाई व्यवस्थापन प्रक्रिया सुरु
असोज - १ । सरकारले देशभरका अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न प्रक्रिया सुरु गरेको छ । teacher शिक्षा विभागले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा प्रतियोगितामा भाग लिन नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’ मध्ये एक रोज्न आग्रह गर्दै विवरण फाराम भर्न आह्वान गरेको छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा (आठौँ संशोधन) अनुसार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्नका लागि ती दुई विकल्पमध्ये एक रोजेर फाराम भर्न आह्वान गरेको बताए । विभागले अस्थायी र लियन पदमा कार्यरत शिक्षकलाई व्यवस्थापन गर्न दुई विकल्पमध्ये एक रोजेर असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेको छ । पाँचवटै क्षेत्रीय शिक्षा निर्देशनालयलाई शिक्षकले भरेका फाराम सङ्कलन गर्न विभागले निर्देशन दिएको छ । सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले आगामी विज्ञापनको प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन नभएसम्म फाराम भर्नका लागि सुविधा उपलब्ध गराएको छ । अस्थायी शिक्षकले जिल्ला शिक्षा कार्यालयमार्फत फाराम भर्न सक्ने व्यवस्था गरिएको छ । भरिएको फाराम असोज १५ सम्म निर्देशनालय र असोज ३० गतेसम्म विभागमा पठाउन सबै निर्देशनालयलाई निर्देशन दिइएको छ । अहिले देशभरि २०४० सालदेखि करिब १७ हजार अस्थायी शिक्षक छन् । रासस

Asthai teacher

विशेष