कलाकार सन्तोष पन्तविरुद्ध महिला सुरक्षा गार्डलाई यौन दुर्व्यवहार गरेको आरोप
असोज – १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजूरी दिएकी छन् । केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजूरी दिएकी हुन् ।
केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर रहेका पन्त, केटीएमका संचालक अध्यक्ष शाह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङलगायत पाँच जनाको समूह होस्टेलमा पुगेका थिए । राति ११ बजेपछि महिला होस्टेलमा प्रवेश निषेध गरिएको भएता पनि अध्यक्ष साहले ‘हामी आएपछि केको नियम चाहिन्छ, महिला होस्टलको गेट खोल’ भनेर हप्काएपछि गेट खोल्नु बाध्य भएको पीडित महिलाले बताइन् ।
साहले नीजि प्रश्न सोधेर हैरान बनाए लगत्तै पन्तले यौन दुव्र्यहार गरेको पीडित महिलाले बताइन् । शुक्रबार मध्यरातमा प्रतिष्ठानको गल्र्स होस्टेल प्रवेशद्वारमा सुरक्षाका लागि उभिइरहेको बेला आफूलाई पन्तले संवेदनशील अंगमा हात लगेको र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको आरोप उजूरीमा छ । केटीएम सेक्युरीटि सर्भिसमा १२ महिला सुरक्षाकर्मी कार्यरत छन् ।
प्रहरी नायव निरीक्षक ढकेन्द्र खतिवडाले उजूरीको आधारमा आरोपित पक्षलाई पक्राउ गरी अनुसन्धान गर्ने बताए ।
BP Koirala Showastha Bigyan Partisthan
Kalakar Shantosh panta
Shantosh Panta