News

इन्जिनियरको मतगणना सुरु, लोकतान्त्रिक अग्रस्थानमा

इन्जिनियरको मतगणना सुरु, लोकतान्त्रिक अग्रस्थानमा
engneer असाेज - ०१ । नेपाल इन्जिनियर्स एसोसिएसनको सम्पन्न निर्वाचनमा पदाधिकारी तथा सदस्यका लागि शनिबार मतगणना सुरु भएको छ । अघिल्लो दिन राति सम्पन्न चुनावको अहिलेसम्मको दुई हजार ५७४ मतगणना भएको छ । चुनावमा जम्मा पाँच हजार १८५ मत खसेको थियो । मतगणनाअनुसार अध्यक्ष पदमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानलका हरेराम श्रेष्ठ एक हजार १३५ मत प्राप्त गरी अग्रस्थानमा छन् । नेकपा (एमाले) निकट प्रगतिशील पेसागत प्यानलका सुमित्रा श्रेष्ठ ८१८, नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय इन्जिनियरिङ समूहका जगतकुमार श्रेष्ठ २९६ र नेमकिपा निकट इन्जिनियरिङ समाज नेपालका रवीन्द्र फौजु १३५ र कुनै पनि राजनीतिक दलसँग आबद्ध नभइकन स्वतन्त्र रुपमा यनाइटेड इन्जिनियर्स प्यानलका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले १३० मत प्राप्त गरेकाे निर्वाचन प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । देशभरका इन्जिनियर्सको छाता सङ्गठनका रुपमा रहेको एसोसिएसनको ३१औँ चुनावमा काठमाडौँबाहिर विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, धनगढी, भरतपुर, जनकपुर, हेटौँडा र बुटवलमा समेत केन्द्र राखिएको थियो । एसोसिएसनमा करिब २० हजार इन्जिनियर्स दर्ता छन् भने १२ हजार १३५ मतदाता छन् । करिब ५० प्रतिशत मत खस्न सकेन । उक्त चुनावमा विद्युतीय मतदान भने हुन नसकेकाले मत परिणाम आउन समय लागेको पौडेलले बताए ।

chunab engneer

विशेष