News

पाल्पामा विमानस्थल निर्माणको निम्ति अध्ययन गरिने

पाल्पामा विमानस्थल निर्माणको निम्ति अध्ययन गरिने
असोज - १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पाल्पा जिल्लामा विमानस्थल निर्माणको निम्ति अध्ययन कार्य अगाडि बढाउने बताए । पाल्पाली सङ्गमद्वारा शनिबार भृकुटीमण्डपमा आयोजित ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दै मन्त्री शाहीले पाल्पाको समग्र पर्यटकीय विकासको निम्ति विमानस्थलको आवश्यकता औँल्याउँदै त्यसको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शाहीले पाल्पा जिल्लाको स्थानीय उत्पादनमा स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिए । पाल्पा जिल्लाबाट निर्वाचित सांसद हरिप्रसाद नेपाल, पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र योजना आयोगका पूर्व उपाध्यक्ष मोहनमान सैंजुले पाल्पा पर्यटकीय हिसाबले सम्भावना भएको जिल्ला भए पनि पर्याप्त विकास हुन नसकेको बताए। महोत्सवमा पाल्पाली खानाका परिकार, ढाका कपडा तथा करुवा, पर्यटकीय स्थलको तस्बिर र स्थानीय उत्पादनको प्रदर्शनीको निम्ति करिब ५० स्टल राखिएको थियो । महोत्सवमा पाल्पाली कलाकारहरु बद्री पङ्गेनी, इन्द्र जिसी, दुर्गा रायमाझी, शिरिष देवकोटा, प्रेम गैरे र हुम गैरेलगायतका कलाकारले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका छन् । रासस

Badri Pangeni Jiban Bahadur Shahi Palpa

विशेष