विदेश

पूर्वी चीनमा तुफान, २८ जनाको मृत्यु

पूर्वी चीनमा तुफान, २८ जनाको मृत्यु
असोज - १ । चीनको पूर्वी भू–भागमा आएको तुफानका कारण शनिबारसम्म २८ जनाको मृत्यु भएको फुजियान तथा झेजिआङको प्रशासनले जनाइएको छ । आँधीका कारण उक्त क्षेत्रमा १५ जना हराइराखेको बताइएको छ । पूर्वी चीनमा आएको यो वर्षको सबैभन्दा कडा आँधीका कारण सियामेन तथा फुजियान सहर तथा वरपरका क्षेत्रमा ठाउँठाउँमा बिहीबार बाढी तथा पहिरो गएको बताइएको छ । फुजीयान बाढी नियन्त्रण अधिकारीले शनिबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा १८ जनाको मृत्यु भएको छ भने ११ जना अन्य हराइरहेका छन् । उक्त प्रान्तको दक्षिणी इलाकामा तुफानका कारण बाटो, बिजुली तथा अन्य सेवासमेत प्रभावित भएको छ । फुजियानमा मात्र आँधीका कारण १६ अर्ब ९० करोड बराबरको प्रत्यक्ष आर्थिक क्षति व्यहोर्नुपरेको बताइएको छ । सिन्ह्वा

China storm

विशेष