खेल ताजा खबर News

म्यानचेस्टर सिटिको लिगमा विजय यात्रा कायमै, लिभरपुलद्वारा चेल्सी पराजित

म्यानचेस्टर सिटिको लिगमा विजय यात्रा कायमै, लिभरपुलद्वारा चेल्सी पराजित

chelsea-vs-liverpool

असोज २ । म्यानचेस्टर सिटिले जारी इङग्लिस प्रिमियर लिगमा आफ्नो विजय यात्रा कायमै राखेको छ। लिगका ५ खेलमा ५ वटै खेलमा जित हासिल गर्दै म्यानचेस्टर सिटीले आफ्नो विजय यात्रालाई कायम राखेको छ।

गयराति सम्पन्न खेलमा बोर्नमाउथलाईलाई ४-० गोलअन्तरले पराजित गर्दै सिटिले अंकतालिकामा पहिलो स्थान कब्जा गरेको छ। सिटिले खेलको १५ औँ मिनेटमा केभिन डि ब्रुयनेको गोलबाट अग्रता लिएको थियो। यसपछि खेलको २५ औँ मिनेटमा केलेचि इहेनाचोले गोल गरे। खेलको पहिलो हाफमा २-० गोलको अग्रता लिएको सिटिले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको ४८ औँ मिनेटमा रहिम स्टेर्लिङले गोल गरे भने ६६ औँ मिनेटमा इल्के गुइन्डोगानले गोल गरे र खेललाई ४-० को स्थितिमा पुर्‍याए। खेलको ८६ औ मिनेटमा निलिटोले रातो कार्ड पाएपछि सिटि १० खेलाडीमा सिमित भएपनि बोर्नमाउथले कुनै सशक्त प्रहार गर्न भने सकेन र खेल सिटिले ४-० गोलअन्तरले जित्न सफल भयो।

यस्तै गयराति नै सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ। चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरको हो।  खेलमा लिभरपुलले १७ औँ मिनेटमा नै अग्रता लिएको थियो। डेजान लोभरेनले गोल गर्दै खेलमा लिभरपुललाई अग्रता दिलाएका थिए। यस्तै खेलको ३६ औँ मिनेटमा लिभरपुलका जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए। खेलको पहिलो हाफमा चेल्सी आफ्नै घरमा २-० गोलअन्तरले पछि परेको थियो। खेलको ६२ औँ मिनेटमा डियगो कोस्टाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयत्न गरे तर, चेल्सीले खेलमा थप गोल गर्न सकेन र खेल लिभरपुलले २-१ गोलअन्तरले जित्न सफल भयो।

यसैगरी, गयराति नै सम्पन्न अन्य खेलहरूमा आर्सनलले हल सिटीलाई ४-१ गोलअन्तरले, लेस्टर सिटीले बर्नलीलाई ३-० गोलअन्तरले, वेस्ट ब्रोम्विच अल्बियोनले वेस्ट ह्याम युनाइटेडलाई ४-२ गोलअन्तरले र एभर्टनले मिडल्सब्रोगलाई ३-१ गोलअन्तरले पराजित गरेका छन्।

english premer ledgue

विशेष