News

सरकारले ६० लाख उपचार खर्च दिएपछि क्यान्सरको उपचार गर्न अमेरिका उडे पूर्वराष्ट्रपति

सरकारले ६० लाख उपचार खर्च दिएपछि क्यान्सरको उपचार गर्न अमेरिका उडे पूर्वराष्ट्रपति

असोज २ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार अमेरिका प्रस्थान गरेका छन् । प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएपछि यादव थप उपचारका लागि त्यसतर्फ लागेका हुन् । चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको सुझावमा उपचारका लागि अमेरिका जान लागेको उनले जनाएका छन् ।

सबै नेपालीको कामनाले चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाउँदै यादवले उपचारका लागि आर्थिक एवं प्रशासनिक सहयोग मिलाइदिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

उनको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० गते ट्युमरको शल्यक्रिया हुनेछ। त्यसका लागि सरकारले आर्थिक सहयोगको व्यवस्था मिलाइदिएको छ।

Dr. Rambaran Yadav

विशेष