ताजा खबर विदेश News

अमेरिकामा भयानक विष्फोट

अमेरिकामा भयानक विष्फोट

usa असोज २ । अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ । बिस्फोटमा परि केही मानिस घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । न्युर्योकको म्यानहटनमा रहेको २३ स्ट्रिट र सिक्सथ एभिन्युमा बिस्फोट भएको हो । बिस्फोटको कारण अहिलेसम्म थाहा नभएको सरकारी अधिकारीले बताएका छन् । नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो ।

न्युजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टा भित्रै न्युर्योकमा विस्फोट भएको हो । घटनामा तीन जना घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

USA Blast

विशेष