ताजा खबर News समाज

दूध नभएर आठ डेरी बन्द

दूध नभएर आठ डेरी बन्द

milk असोज २ । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो ।

धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो ।

सरकारी अनुदानमा सञ्चालनमा रहेको थलह, दशेरा, पाँचकाटिया, मार्क, मनघाट, रिम्ना, बोहरा र साल्मालगायतका गाविसमा सञ्चालनमा रहेका डेरी अहिले बन्द अवस्थामा रहेका छन् । सदरमुकाममा रहेको एकमात्र डेरी सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

पहिले एकै घरमा चारभन्दा बढी भैँसी पाल्ने गरेको भए पनि अहिले मुस्किलले एउटामात्र भैँसी पालेको पाइएको छ । पहिले घर नजिकै प्रशस्त घाँस पाइने गथ्र्याे अहिले दिनभरि लगाएर बल्ल बल्ल घाँस पाइने गरेको सक्ला–१ का जयबहादुर खत्रीले बताए ।

Milk Dairy

विशेष