'हचुवाका भरमा संविधान संशोधन हुँदैन्' - एमाले उपाध्यक्ष गौतम
असोज - ०२ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेले बिनाकारण हचुवाका भरमा लागेर संविधानका धारा संशोधन नगर्ने बताएका छन् ।
पे्रस चौतारी नेपाल उदयपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम नगर्ने स्पष्ट गरेका हुन् ।
मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएका कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्द हुनुपर्नेमा जोड दिए ।
bamved gautam
nekapa umale