विदेश

भारत अधिनस्थ काश्मिरमा आक्रमण, १७ सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा आक्रमण, १७ सैनिकको मृत्यु
असोज - ०२ ।  भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ । kasmir यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ । यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा ट्वीटरमार्फत जानकारी दिएको छ । भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्ने बताइएको छ ।

army Attact Death India Kasmir

विशेष